५ मंसिर २०८३, शनिबार

तराईमा एमाले प्रवेशको लहर, मधेसी जनताको भावना बुझ्ने पार्टी भन्दै मुश्लिम अगुवा एमाले प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १९ फागुन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै देशभर एमाले प्रवेशको लहर चलेको छ ।

यहीबीचमा एमाले फागुन २१ देखि मेची–महाकाली राष्ट्रिय अभियान समेत सुरु गर्र्दैछ । खासगरी यो अभियानमा तराईमा केन्द्रीत हुनेछ । यो अभियानले एमालेविरुद्ध छरिएका भ्रम चिर्ने विश्वास एमालेको छ ।

अभियानको तयारीका लागि नेताहरु मधेस समेत झरिसकेका छन् । यसक्रममा नेताहरु आएका बेला विहिबार सप्तरीमा मुश्लिम अगुवाहरु एमाले पार्टी प्रवेश गरेका छन् ।

तराई–मधेसको भावना बुझ्ने पार्टी एमाले मात्र भएको भन्दै सप्तरी जिल्लामा भएको कार्यक्रममा करिब तीन दर्जन मुस्लिम समुदायका अगुवाहरु पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले सचिव एवं प्रदेश नम्बर एक इञ्चार्ज भीम आचार्य र प्रचार विभाग प्रमुख योगेश भट्टराईले टिका लगाएर पार्टीमा स्वागत गरे ।