भैरहवा, १८ फागुन । राजनीति विशुद्ध सामाजिक सेवा भएता पनि पछिल्लो समय राजनीति अपराधीकरणतर्फ अगाडी बढिरहेको चर्चा परिचर्चा चलिरहेको बेला रुपन्देहीमा एउटा राजनीतिक दलका अध्यक्ष नै गम्भिर प्रकृतिको अपराध अभियोगमा प्रहरी हिरासतमा छन् ।
तराई मधेस सद्भावना पार्टी रुपन्देहीका अध्यक्ष श्रीनिवास यादव डाका चोरी संगठीत अपराध अन्तर्गत प्रहरी हिरासतमा रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिए । तराई मधेस सद्भावना पार्टी मधेसी मोर्चाका शीर्ष नेतामध्येका एक महेन्द्रराय यादवले नेतृत्व गरेको पार्टी हो ।

प्रहरीले पत्रकार सम्मेलन नै गरेर यादवसहित ८ जनालाई सार्वजनिक गर्दै जिल्ला अदालत रुपन्देहीमा मुद्धा नै चलाएको छ । प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का अरुण कुमार तेलीको ७ लाख ६० हजार रुपैयां लुटेको अभियोगमा अध्यक्ष निवाससहित ८ जनालाई पक्राउ गरेको हो ।











प्रतिक्रिया