५ मंसिर २०८३, शनिबार

भारतीय राजदूत रेले नेपाल छाडे, यी हुन उनका विवादित काम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेको कार्यकाल मंगलबारदेखि सकिएको छ । यससँगै उनी बुधबार स्वदेश (भारत) फर्किएका छन् ।

भारतीय राजदूतावास स्रोतका अनुसार डेपुटी चीफ अफ मिसन (डीसीएम) विनय कुमारलाई कार्यवाहक राजदूतको जिम्मेवारी सुम्पिदै राजदूत रे बुधबार दिउँसो २ बजेको फ्लाइटबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

यस्ता छन् रे को कार्यकालमा भएका विवादित काम

तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा २०७० साल भदौ १७ गते राजदूत बनेर काठमाडौं आएका राजदूत रे नेपालमा रहँदा धेरै विवादमा तानिए । उनको कार्यकालमा ६ महिना लामो नाकाबन्दी समेत भयो । लाखौं नेपालीले दुःख पाए ।

विशेष गरी संविधान जारी हुने बेलामा भारतले खेलेको भूमिका, त्यसपछिको नाकाबन्दी, संविधानको स्वागत नगर्नु, मधेसी मोर्चाप्रतिको झुकाव र पछिल्लो समय स्थानीय चुनावको घोषणा पश्चात पनि भारतले त्यसको समर्थनमा वक्तव्य नदिएको लगायतका विषयहरु रे को कार्यकालका प्रमुख घटनाहरु हुन् ।

अर्कोतर्फ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, माथिल्लो कर्णाली, अरुण तेस्रो लगायतका आयोजनाको पीडीए लगायतका विषयहरुलाई रेको पालामा भएका उपलब्धिका रुपमा भारतीय पक्षले व्याख्या गरेको छ । तर, नेपालमा भने विरोध नै हुने गरेको छ ।

रायको साढे ३ वर्षे कार्यकालमा जे भए…

सकारात्मक

– संविधान सभाको दोश्रो चुनाव भयो ।
– नेपालमा सार्क सम्मेलन भयो ।
– १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पनि भयो
– लामो समयपछि भारतीय राष्ट्रपतिको भ्रमण पनि भयो ।

नकारात्मक

– संविधान बनाउने मामिलामा अनावश्यक हस्तक्षेप
– नेपालमाथि नाकाबन्दी
– भारतीय संसदमा नेपालबारे बहस
– नेपालको संसदमा देशनिकालाको माग
– नेपाल भारत सम्बन्ध विगार्न र ओली सरकार ढाल्ने प्रयास गरेको आरोप
– नेपालले चीनसँग पारवाहन सन्धीमा हस्ताक्षर गर्यो
– नेपाली जनतामा भारत विरोधी भावना ह्वात्तै बढ्यो