५ मंसिर २०८३, शनिबार

प्रधानमन्त्रीले फेरि बोलाए कांग्रेस, माओवादी र मोर्चाका नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस, आफ्नो दल माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

बालुवाटारस्थित आफ्नो सरकारी निवासमा प्रधानमन्त्री दाहालले बैठक बोलाएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए । छलफलमा मधेसी मोर्चाले आफ्नो पुरानै अडान यथावत राख्ने उनले बताए ।

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनका विषयमा मधेसी मोर्चालाई एउटा धारणा बनाएर आउन आग्रह गरेका थिए । आजको बैठकमा मधेसी मोर्चाले धारणा राख्नेछ ।

संविधान संशोधनका विषयमा छलफल हुँदै आए पनि मधेसी मोर्चाको मागअनुसार प्रमुख विपक्षी दल एमालेसहितका नौ दलहरूले सहयोग गर्न नसक्ने भन्दै आन्दोलनमा गएपछि सो विषयमा सहमतिका लागि प्रयास हुँदै आएको छ ।

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचन सकेर संशोधनको प्रस्ताव अगाडि बढाउन प्रस्ताव मधेसी मोर्चासँग गरेका छन् । तर, मोर्चाले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिसकेको छ ।

प्रधानमन्त्री दाहालसहित कांग्रेस, माओवादी, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक अपरान्ह चार बजे बस्ने महासचिव झाले बताए ।