५ मंसिर २०८३, शनिबार

वैदेशिक रोजगार छाडेर रविन्द्र मिश्र राजनीतिमा लागेको माओवादी नेताको आरोप

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेकपा (माओवादी) केन्द्रका नेता विश्वभक्त दुवाल ‘आहुती’ले राजनीतिमा होमिएका रविन्द्र मिश्रलाई वैदेशिक रोजगारी छाडेर राजनीतिमा आएको व्यक्तिको संज्ञा दिएका छन् ।

माओवादी नेता दुवालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर मिश्रले वैदेशिक रोजगारीमा रहेका बेला नेपाली राजनीतिको चिन्ता गरेर राजनीतिमा होमिएकोमा शुभकामना दिएका छन् । उनले राजनीतिबाट बिरक्तिएर मिश्र वैदेशिक रोजगारी छाडेर जाने हुन् कि भनेर चिन्ता पनि जनाएका छन् ।

माओवादी नेता दुवालले भनेका छन्, ‘लामो समय वैदेशिक रोजगारीमा रहेका रविन्द्र मिश्रजी नेपाली राजनीतिमा आउनु खुशीको कुरा हो । किनभने वैदेशिक रोजगारीबाट होइन बरू नेपाललाई नेपालको राजनीतिबाटै बनाउन सकिन्छ भन्ने कुरा उहाँले बुझ्नु भयो । उहाँले कवि बन्छु भन्नु भो । ठीक छ बन्नुहोस् हामीले भन्यौँ । अब पार्टी बनाउने भन्नु भएको छ । ठीक छ बनाउनुहोस् । मन लागेको काम गर्न नपाए फेरि वैदेशिक रोजगारीमा जाने खतरा हुन्छ । उहाँले सिंगै देशको नेतृत्व गर्ने दिन आओस् । शुभकामना ।’

बेलायतको समाचार संस्था बीबीसीको नेपाली सेवामा लामो समय काम गरेर मिश्रले मंगलबारदेखि आफ्नो जागिर छाडेर नेपाली राजनीतिमा दल खोलेर समाज सेवा गर्ने जनाएका थिए । उनले राजनीतिक दल खोल्ने समाचार आएलगत्तै बिभिन्न टिकाटिप्पणी आइरहेका छन् ।