आज सम्मको जीवन फर्केर हेर्ने हो भने साह्रै सङघर्षमय छ त्यसैले म वितेको जीवनलाई फर्केर हेर्न चाहन्न, थाक्न लागेको घाउलाई कोट्याएर फेरी पीडा महशुस गर्न चाँहदिन । तर विगतका हरेक दिन काला थिए भन्दा फरक पर्दैन ।
यहि कालो जीबनबाट छुटकारा पाउने र सुनौलो भविष्यको सपना साकार पार्ने र उज्यालोतिर लम्कन सक्ने एउटा उपाय थियो अमेरिकाको डिभी । म मात्र हैन लाखौं लाख सर्बसाधारण पियनदेखि हाकिम, सांसददेखि मन्त्रीसम्म डिभीको पछि खुब दौडधुप गर्ने गरेको हामीले देखेका छौं ।
सेनाको कर्नेलदेखि प्रहरीको एसपीसम्म अमेरिकाको चक्करमा ईज्जत, सम्मान, प्रतिष्ठा र भएको जागिर छाडेर उज्यालो भविष्य खोज्दै अमेरिका लम्किन्छन भने सर्वसाधरण हामी जस्ता ब्यक्तिको लागि त स्वर्ग नै हो । अमेरिका कति तल्लो बाटो हुँदै जबरजस्ती छिर्ने गर्छन त्यो पनि पैसाको विटो फाल्दै तर सर्वसाधरणको पहुँच त्यहाँसम्म पुग्दैन ।
एउटै उपाय हो डिभी यो पनि त्यति सरल त हैन । तर पनि दुःखसुखले छिरेका छन राम्रो नतिजा दिएका छन । त्यस्तो दुःख पाएको वेदनाहरु सुनेको छैन सायद सपनाको संसार अमेरिका त्यसै भएको होइन रहेछ । त्यसैले त सास मात्र भएपनि अमेरिकामा नै जाओस भन्नेहरु धेरै भेटिन्छ ।
गतवर्ष सपना पुरा भएन यस वर्ष भने अत्याधिक संम्भावना थियो । मनदेखि सोचिरहेको थिए एउटा ड्रिम बनिसकेको थियो अमेरिका त पुगोैँ । कति मेहेनत गर्छु कसरी पैसा टिपेर नेपाल ल्याउनुपर्छ मैले जानेको छु । यो हाहाकारको जीवनको अन्त्य हुन कुनै गाह्रो थिएन । विश्वको शक्तिशाली सम्पन्न राष्ट्र अमेरिका त्यहाँ नपुग के छ होला र ? मलाई मात्र त्यहाँ पुग्नु थियो तर त्यो सपना पुरा भएन विचैमा टुटेर गयो ।
फेरी सदा झैँ यस बर्ष पनि सन् २०१८ को लागी अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुलेको थियो । केहि मिडियाले समाचार छापेपछि डिभीको लिङ्क कपि गरेर राखिसकेको थिए । समय तोकिएको थियो त्यो समय कुरेर बसिरहे निन्द्रा भोक केहि वास्ता थिएन ।
डिभी चिट्ठा कार्तिक २२ गते राति १०ः४५ बजे सम्म भर्न पाईनेछ । डिभी चिट्ठा भर्नका लागि कुनै पनि शुल्क तिर्नु पर्दैन । अमेरिकी दूतावासले डिभी चिट्ठा भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको थियो । डिभी चिट्ठा निशुल्क भएकाले कुनै पनि शुल्क नतिर्न समेत दूतावासले आग्रह गरेको खबर बारम्बार टिभी रेडियो र मिडियाहरुमा आईरहेको थियो ।
अमेरिकी दूतावासद्धारा जारी विज्ञप्तीमा भनिएको थियो- ‘डिभी भर्न सहयोग चाहिएमा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ सोच्नुहोला । सहयोग जसले गरेपनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।’
यति थाहा भएपछि ल्यापटप खोलेर लगभग १२ सय रुपया जतिको ईन्टरनेट डाटा खरिद भयो अनि अमेरीका ९भ्म्ख्० २०१८ इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसाको लिङ्कमा गएर लिङ्क खोलियो । भने बमोजिम डाटाहरु भर्दै गए । जब फोटो अट्याच गरेर सबमिट भयो भगवान सम्झेको थिए ल भगवान यो चोटी अमेरिका पक्का होस भनेर त्यति बेलासम्म लामो सास फेरेर मेरो मन न्युयोर्क सिटी घुम्दै थियो । अब अहिले आराम गर एक बर्षपछि न्युयोर्कको पार्कमा तातो घाम ताप्दै बस्लास भन्दै आफैले सम्झाएर जबरजस्ती मन समालेको थिए ।
तर जब अमेरिकाको राष्ट्रपतिको चुनाव भयो । चुनावमा डेमोक्रेटिक पार्टीबाट हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प प्रमुख प्रतिद्वन्द्वी उम्मेदवार रहेका थिए । अन्ततः ड्रोनाल्ड टम्पले विजय हासिल गरे । हिलारीलाई पछि पारेरै छाडे । त्यसपछि ट्रम्पले आफ्नै सिद्धान्त प्रयोग गर्न थाले ।
आप्रवासी डिभीवालाहरुलाई नै तर्साउने गर्न थाले । पछि त प्रस्ट बुझे यो डिभीको सपना कहिल्यै पुरा भएन । यो वर्ष धेरै आश गरेको थिए तर यो वर्ष त राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले नै चकनाचुर बनाईदिए मेरो अमेरिकाको सपना…















प्रतिक्रिया