५ मंसिर २०८३, शनिबार

रवीन्द्र मिश्र राजनीतिक मैदान उत्रेपछि बाबुरामले के भने ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । पत्रकार रवीन्द्र मिश्रले बीबीसीको जागिर छाडेर राजनीतिक मैदानमा उत्रिने निर्णय गरेपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

धेरैले शुभकामना दिइरहेका छन् भने केही विरोध पनि गरिरहेका छन् । यसैक्रममा नयाँ पार्टीका संयोजक डा बाबुराम भट्टराईले पनि राजनीतिमा होमिएकोमा मिश्रलाई शुभकामना दिएका छन् ।

मंगलबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत बाबुरामले भनेका छन्– ‘ राजनीतिको तुफानी यात्रामा प्रवेश गर्नु भएका स्थापित पत्रकार रवीन्द्र मिश्रलाई सफलताको हार्दिक शुभकामना!’

मिश्रले आज दिउँसो एक विज्ञप्ति जारी गर्दै पूर्णकालिन राजनीतिमा लाग्नैका लागि बीबीसीको जागिर छाडेको स्पष्ट पारेका थिए ।