दाङ, १७ फागुन । नेकपा माओवादी केन्द्र दाङका नेत्री तथा महिला कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार दाङमा आयोजित कार्यक्रममा महिला नेत्री राजी चौधरीको नेतृत्वमा तीन दर्जन महिला कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई पूर्व सांसद शान्ता चौधरीले टिका लगाएर स्वागत गरिन् ।
‘हाम्रो पार्टी नेकपा एमालेको नीति, सिद्धान्त र बिचारलाई आत्मसात गर्दै आज पनी मेरो गाउँमा धेरै महिला दिदीबहिनीहरू हाम्रो पार्टी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ’ शान्ताले भनेकी छिन्– ‘पार्टी प्रवेश गर्ने सबैलाई स्वागत छ ।’
शान्ताका अनुसार महिला कार्यकर्ता आफै ‘हामी एमाले हुन्छौं’ भन्दै आउने गरेका छन् । ‘महिला दिदीबहिनीहरु एमाले हुन्छौं भन्दै फोन गर्नुहुन्छ । हामीले आफै भन्नुपर्ने ठाउँमा उहाँहरु आफै आउनुभएको छ,’ शान्ताले भनिन्- ‘एमालेको नीतिले पार्टी प्रवेशको लहरैजस्तो भयो । यो कुनै अभियान होइन् । यो सब परिस्थितीअनुसार भइराखेको छ ।’




















प्रतिक्रिया