काठमाडौं, १७ फागनु । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि भारतीय राजदूत रणजित राय (रञ्जित रे)ले बिदाइ भेट गरेका छन् ।
आफ्नो कार्यकाल पूरा गरी नयाँदिल्ली फर्कन लागेका राजदूत रेले मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहालसँग औपचारिक बिदाइ भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री दाहालले राजदूत रेको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिएका छन् ।
‘नेपाल–भारतबीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त लिएको छु’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
दाहालले रायको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरुको तीव्रता, दुई देशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता, दुई देशबीच उच्चस्तरीय भ्रमण भएको बताउँदै आगामी दिन यसले थप तीब्रता पाउने विश्वास व्यक्त गरे ।
भेटमा राजदूत रायले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिए ।
भेटमा प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना लगायत उपस्थिति थियो ।











प्रतिक्रिया