५ मंसिर २०८३, शनिबार

काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि सहित १३० जना एमालेमा प्रवेश

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनगढी, १६ फागुन । नेपाली काँग्रेस कैलालीका पूर्वमहाधिवेशन प्रतिनिधि तथा राजी समुदायका अगुवा चित्रबहादुर राजी नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । सोमबार टीकापुरमा आयोजित एक कार्यक्रममा राजी समुदायका अगुवा चित्रबहादुरसहित एक सय ३० जना एमाले प्रवेश भएका हुन् ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद गरिमा शाहले स्वागत गरिन् । कार्यक्रममा बोल्दै सांसद शाहले नेकपा एमाले मात्र देश, राष्ट्र, राष्ट्रियता र सम्बृद्धिका लागि काम गर्ने पार्टी भएकाले देशभर एमालेप्रति जनताको विश्वास बढ्दै गएको बताइन् ।

नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका राजीले नेकपा एमालेले राष्ट्र, राष्ट्रियताको पक्षमा स्पष्ट अडान लिएका कारण आफु एमालेमा प्रवेश गरेको बताए ।