५ मंसिर २०८३, शनिबार

नेपाली सेनाका प्रवक्ता कार्कीलाई मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी तारा बहादुर कार्कीलाई मानार्थ उपरथी दर्जा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मानार्थ उपरथी दर्जामा पदोन्नती भएका कार्कीलाई सोमबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाकोे दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भए अनुसार नेपाली सेनाका साधारण तर्पmका सहायक रथी कार्कीको कार्यदक्षता एवं उनले संस्थाप्रति पुर्याएको विशेष योगदानको आधारमा सिफारिस भए अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम उनलाई मानार्थ उपरथी दर्जाकोे दर्ज्यानी चिन्ह प्रदान गरिएको निर्देशनालयले जनाएको छ ।

साथै सोही समारोहमा महा सेनानी (पाईलट) कुमार रायमाझीलाई प्रधान सेनापति क्षत्रीले सहायक रथी (पाईलट) दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गरे ।