काठमाडौं, १५ फागुन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अहिलेसम्म ९ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा विजय हासिल गरेको छ ।
अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माका अनुसार अनेरास्ववियुका ९ जना स्ववियु सभापतिमा निर्वाचित भएका छन् । केही क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन भने कतिपयमा विजयी भएका हुन् ।
अनेरास्ववियुले विजय हासिल गरेको ९ मध्ये ३ वटामा महिलाहरु सभापतिमा निर्वाचित भएका छन् । काभ्रेको कानपुर क्याम्पसमा सुनीता तामाङ, खोटाङको खोटाङ क्याम्पसमा सन्तोषी फुयाँल र बझाङको रथवरदेव क्याम्पसमा पूजा कार्की निर्वाचित भएकी छन् ।
विजय भएका उम्मेद्धारको नामावली:
-कानपुर क्याम्पस, काभ्रेपलाञ्चोक, सुनीता तामाङ
-आदर्श बहुमुखी क्याम्पस, धादिङ, रुपक गिरी
-हनुमन्तेश्वर क्याम्पस, दोलखा, सन्तोष दाहाल
-मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा,नवीन बस्याल
-खोटाङ क्याम्पस, खोटाङ, सन्तोषी फुयाँल
-सल्यान बहुमुखी क्याम्पस, सल्यान, रामबहादुर खत्री
-पाटन बहुमुखी क्याम्पस, बैतडी, महेशप्रसाद भट्ट
-रथवरदेव क्याम्पस, बझाङ, पूजा कार्की
-शान्ति क्याम्पस, बझाङ, डम्बर सिंह











प्रतिक्रिया