६ मंसिर २०८३, आइतबार

सर्वसाधारणका लागि आजदेखि सेनाको वीरेन्द्र अस्पताल खुल्ला, तराईमा पनि सञ्चालन गर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सैनिक अस्पतालमा स्वास्थ्यमन्त्री गगन थापा ।

काठमाडौं, १५ माघ । छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पताल आजदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ ।

करिब एक महिना अघि स्वास्थ्यमन्त्री गगन थापाले भीआईपीहरुलाई उपचारका लागि विदेश जानबाट रोक्न तथा जनतालाई स्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन वीरेन्द्र सैनिक अस्पताल खोल्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव स्वीकार गर्दै सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७३’ र ‘स्वास्थ्य सेवा दिवस २०७३’ को अवसर पारेर स्वास्थ्य मन्त्रालय तथा नेपाली सेना मेडिकल कोरको समन्वयमा आजदेखि सार्वजनिक विदाको दिन बाहेक दैनिक रुपमा साढे ३ बजेदेखि ५ बजेसम्मका लागि वीरेन्द्र सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला गरेको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अस्पतालमा सर्वसाधारणले ओ.पि.डि. सेवा पाउनेछन् ।

यस्तै सेनाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निकट भविश्यमा रौतहट जिल्लाको गौरमा नेपाली सेनाको मोबाईल अस्पताल प्रयोग गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।

यस प्रकारको कार्यबाट गैह्र सैनिक व्यक्तिहरुलाई स्वास्थ्य सेवामा थप मद्दत पुग्न जानुको साथै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खडा हुन गई नागरिक सैनिक सम्बन्ध थप सुदृढ हुने नेपाली सेनाको विश्वास छ ।