काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयक अघि नबढाउन सरकारसँग माग गरेको छ ।
राप्रपा संसदीय दलको आइतबार बसेको बैठकले यथास्थितीमा अघि बढाए राजनीतिक रुपमा प्रत्युपादक हुने चेतावनी दिँदै संशोधन पनि नहाल्ने र समर्थन पनि नगर्ने स्पष्ट पारेको छ । ‘यथास्थितिमा विधेयक अघि बढाउँँदा पास हुँदैन् । र, यसको परिणाम राजनीतिक रुपमा प्रत्युपादक हुनेछ’ राप्रपाले चेतावनी दिँदै भनेको छ ।
संविधान संशोधनमा समझदारी बनाउन राजनीतिक दलहरुलाई आहृवान गर्दै राप्रपाले अगाडि भनेको छ, ‘मधेस केन्द्रित राजनीतिक दलहरुको माग सम्बोधन गर्ने क्रममा संसदमा प्रस्तुत र हाल विचाराधिन रहेको विधेयकले कसैलाई पनि सन्तुष्ट गर्न सकेको छैन । तसर्थ यथास्थितीमा संशोधन अगाडि नबढाइयोस् ।’
राप्रपाले मधेस केन्द्रीय राजनीतिक दलहरुलाई विश्वासमा लिएर आगामी वैशाखमा हुने चुनावमा सबैको सहभागिता सुनिश्चित गर्नु पर्नेमा जोड दिएको छ ।













प्रतिक्रिया