५ मंसिर २०८३, शनिबार

संविधान संशोधन गरेर मात्र तीन वटै तहको चुनाव गर्न सकिन्छः बाबुराम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, १५ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेर मात्र तीन वटै तहको चुनाव गर्न सकिने बताउनुभएको छ ।

अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेर मात्र देशलाई निकास दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । नेपाल पत्रकार महासंघ रुकुम शाखाले आज रुकुमको सदरमकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले अहिलेको शासकिय स्वरुप समेत ठिक नभएको बताउनुभयोे । शासकिय स्वरुप ठिक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीब्र गतीमा हुन नसक्ने डा. भट्टराईले ठोकुवा गर्नुभयो ।

उहाँले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेण्डामार्फत अब देशको आर्थिक समृद्धिलाई पुरा गर्न राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति समेत गर्नुपर्ने बताउनुभयो ।

यस्तै संविधान संशोधनमार्फत अब प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने उहाँको भनाई थियो । साथै नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम बिचको एकता सन्र्दभमा भने गम्भिर छलफल भईरहेको उहाँले बताउनुभयो ।