२९ आश्विन २०८३, बिहिबार

स्मार्टफोनको लगातार प्रयोगले तनाव बढ्न सक्छ !

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । यदि कोही लगातार स्मार्टफोनमा इमेल, फेसबुक र ट्वीटर चलाउनुहुन्छ भने अब सजक हुनुपर्ने बेला आएको छ । अमेरिकामा भएको एक अध्ययनले स्मार्टफोनको लगातारको प्रयोगले मानिसमा तनावको खतरा निम्त्याउन सक्ने तथ्य पत्ता लागेको छ ।

अमेरिकी मनोवैज्ञानिक संगठन (एपीए) द्वारा जारी रिपोर्टअनुसार अमेरिकामा पाँच वयस्क मानिसमा चार व्यक्ति आफ्नो स्मार्टफोन लगातार चलाउँछन् । अनुसन्धानमा डिभाइससंग लगातार जोडिएमा मानिसको तनाव स्तर उच्च देखिन्छ ।

अभ्यास अनुसन्धान र नीतिका लागि एपीएका सहायक कार्यकारी निदेशक लिन बुफकाले सर्वेक्षणबाट लगातार स्मार्टफोन र प्रौद्योगिकीसंग जोडिएका मानिसहरु अन्यको तुलनामा धेरै तनाव रहेको पाइएको बताए ।

सर्वेक्षण अघिल्लो वर्षको अगस्टमा गरिएको थियो, जसमा अमेरिकामा रहने १ ८ वर्ष भन्दा बढी उमेरका ३ हजार ५११ वयस्क सहभागी भएका थिए ।