५ मंसिर २०८३, शनिबार

स्ववियु निर्वाचन विथोल्ने हर्कत भए अनेरास्ववियुले प्रतिकार गर्ने (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १५ फागुन । नेकपा एमालेनिकट अनेरास्ववियुले स्ववियु निर्वाचन विथोल्न खोजे प्रतिकार गर्नेसम्मको चेतावनी दिएको छ ।

नेविसंघ र अखिल क्रान्तिकारीले यही फागुन १८ मा हुने स्ववियु निर्वाचन विथोल्न खोजेको भन्दै अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै त्यस्ता हर्कत कायम राखे चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

शनिबार अपराह्न रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवि संघ र क्रान्तिकारीले मनोनयन दर्ताका क्रममा विवाद गरेर झडपको अवस्था नै सिर्जना भएपछि अनेरास्ववियुकी अध्यक्ष नविना लामाले विज्ञप्ति जारी गर्दै अनेरास्ववियुको संयमतालाई कमजोरी ठाने प्रतिकार गर्नेसम्मको चेतावनी दिएकी छन् ।

यस्तो छ विज्ञप्तिः