३ कार्तिक २०८३, मंगलबार

पाँचथरमा चौरी महोत्सव

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, १५ फागुन । पाँचथरमा चौरी महोत्सव आयोजना गरिने भएको छ । चौरी पालन व्यवसायको प्रर्वद्धन गर्न पाँचथरको प्राङबुङमा चौरी पर्यटन महोत्सवको तयारी सुरु भएको हो ।

महोत्सव वैशाखमा आयोजना हुने कृषक फालेलुङ चौंरी पालन फार्मका सञ्चालक चन्द्रलाल नेपालले जानकारी दिए ।

महोत्सव आयोजना गर्न रामचन्द्र गुरुङको संयोजकत्वमा ६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

समितिले महोत्सवको तयारी पनि थालेको छ । सुर्कोथाम दुग्ध सहकारी संस्था लिमिटेड र शिखरगुम सामुदायिक बन उपभोक्ता समितिले भने महोत्सवको समवन्यकारी भूमिका निर्वाह गर्दै आएको छ ।

उनका अनुसार विभिन्न उपसमिति पनि गठन गरिएको छ । यूवा पत्रकार लक्ष्मी गौतमको संयोजकत्वमा प्रचार–प्रसार समिति समेत गठन भएको जनाएको छ ।

त्यस्तै जंगप्रसाद राईको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति,तारावीर राईको संयोजकत्वमा सडक मर्मत समिति, थर्कप्रसाद गुरुङको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, मिमा तामाङको संयोजकत्वमा सास्कृतिक समिति र साजन राईको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति गठन गरिएको छ ।

पाँचथरको प्राङबुङ, मेमेङ, च्याङथापु, फलैँचा लगायत गाविसको उच्च पहाडी क्षेत्रमा चौरी पालन गरिन्छ । तर पनि वैदेशिक रोजगारीमा युवायुवती जाने क्रम बढ्दा चौरी पालन व्यवसाय घट्दो क्रममा छ ।