
काठमाडौं, १४ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको विधेयकमा आइतबार अर्को संशोधन प्रस्ताव लैजाने भएको छ ।
काठमाडौंमा शनिबार बसेको मधेसी मोर्चाको सचिवालय बैठकले संशोधनमा पूरक संशोधन लैजाने निर्णय गरेको हो ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार आन्दोलन, संशोधन विधेयकमा पूरक संशोधन र अन्य राजनीतिक विषयहरूमा छलफल भएको जानकारी दिए ।
संशोधन विधेयकमा संसद सचिवालयले दिएको समयभित्र संशोधनमा पूरक विधेयक दर्ता गराउने सहमति भएको सुमनले जानकारी दिए ।











प्रतिक्रिया