५ मंसिर २०८३, शनिबार

दोलखाका दुई सय जना केन्द्रीय कार्यालयमै आएर एमाले प्रवेश, ओलीले गरे स्वागत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । दोलखाका दुई सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सचिव योगेश भट्टराईका अनुसार दोलखा भिमेश्वर नगरपालिकाको विभिन्न वडा र ग्यास वितरक संघका दुई सय जना शनिबार धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमै आएर एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिका र खलगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा महासचिव ईश्वर पोखरेल, सचिव पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य पशुपति चौलागाई, रचना खण्डका, सांसद् आनन्द पोखरेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।