५ मंसिर २०८३, शनिबार

एमालेको कार्यक्रम विथोल्ने मधेसी मोर्चाको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज १४ फागुन । मधेसी मोर्चाले प्रधानमन्त्रीको कार्यक्रम र एमालेले चलाउने भनिएको मेची(महाकाली अभियान विथोल्ने निर्णय गरेको छ ।

शनिबार बाराको नौतन गण्डकस्थित मधेस सेवा आश्रममा बसेको मधेसी मोर्चा बारा र पर्साको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमालेको मेची महाकाली अभियान बिथोल्ने निर्णय भएपनि फागुन १९ गते जीतपुरमा अन्तरक्रिया गरी रणनीति बनाउने मोर्चाले जनाए ।

अगामी सोमबार प्रधानमन्त्री प्रचण्ड सिम्रौनगढ आउने कार्यक्रम छ भने एमालेले फाल्गुन २७ गते बाराको जीतपुरमा एमालेले मेची– महाकाली अभियान अन्तर्गत सभा गर्ने कार्यक्रम तय भएको छ ।

मोर्चाको संयुक्त बैठकले मधेसी विरोधी नेताहरु विरुद्ध पर्सारबाराको गाउँ–गाउँमा भण्डाफोर कार्यक्रम चलाउने निर्णय पनि गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता रमेश सर्राफले बताए ।

बैठकमा पर्साबाट प्रदीप यादव, शशीकपूर मियाँ, पुरुषोत्तम झा, प्रेमबाबू पटेललगायत तथा बाराबाट प्रमोद गुप्ता, रामबाबू यादव, जीतेन्द्र सोनल, नवलकिशोर सिंह, महमद सफिक, धर्मेन्द्र यादव, राजेश यादवलगायतको उपस्थिति थियो ।