५ मंसिर २०८३, शनिबार

मधेसी मोर्चाको सचिवालय बैठक बिजुलीबजारमा बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । स्थानीय तहको निर्वाचन मिति घोषणा भएपछि सडकमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउन आन्तरिक गृहकार्य थालेको छ ।

तयारी स्वरुप मधेसी मोर्चाको सचिवालय बैठक शनिबार बस्दैछ । बैठकले स्थानीय तहको निर्वाचन बिथोल्नका सबै प्रकारका अभियान चलाउने विषयमा छलफल गर्नेछ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बस्ने बैठकले स्थानीय तहको निर्वाचनविरुद्ध भण्डाफोरको कार्यक्रमलाई कसरी व्यवस्थित बनाउने विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।

सचिवालय बैठकले भण्डाफेर आन्दोलनका साथै सरकारलाई संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गराउनका लागि दबाब दिने कस्ता खालका आन्दोलन गर्ने विषयमा परामर्श गर्नेछ ।