३ कार्तिक २०८३, मंगलबार

दैलेखलाई पर्यटनको हब बनाउने मन्त्री शाहीको उद्‌घोष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १३ फागुन । दैलेखलाई पर्यटनको हब बनाउने मन्त्री शाहीको उद्‌घोष फागुन १३ ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको दैलेख जिल्लालाई ६ नम्बर प्रदेशको प्रमुख पर्यटनको हब बनाउन लागि पर्ने उद्घोष गरेका छन् ।

दैलेख पर्यटन महोत्सव लगायतका कार्यक्रममा सहभागी हुन दैलेख पुगेका मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

मन्त्री शाहीले भने,”पर्यटककीय महत्व बोकेको जिल्ला हो ।  पुरातात्त्विक हिसाबले पनि उत्तिकै महत्वपूर्ण रहेको दैलेख जिल्ला छ नम्बर प्रदेशको पर्यटन हब बनाउन उपयुक्त ठाउँ हो । त्यसैले यो जिल्लाई छ नम्बर प्रदेशको पर्यटन हब बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

उनले महाशिवरात्रीको अवसर पारेर ऐतिहासिक दैले को शिरस्थान ज्वालामुखीमा कालभैरब मन्दिरको शिलान्यास गर्दै यसको निर्माणसँगै धार्मिक पर्यटनमा टेवा पुग्ने बताए ।

मन्त्री शाहीले पन्चदेवल,बेलासपुरको मन्दिर शिरस्थानको ज्वालामुखी र दुल्लुमा रहेका शिलालेखको ऐतिहासिक महत्त्व भएको भन्दै त्यसको संरक्षण र प्रबर्द्धन गर्न जस्तो सुकै सहयोग गर्न तयार रहेको भनाई राखे ।

आजै मन्त्री शाहीले दैलेख दलित संघको पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै आगामी स्थानीय चुनावमा नेपाली कांग्रेसलाई दैलेखका सबै नगरपालिका र गाउँपालिकमा बिजयी गराउन एक मत भएर लागि पर्न जिल्लाका कांग्रेस  नेता तथा कार्यकर्ता लाई मिलेर अघि बढन समेत निर्देशन दिए ।