काठमाडौं, १३ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक बस्दैछ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बस्ने बैठकले स्थानीय निर्वाचन, संविधान संशोधन विधेयकलगायतका विषयमा छलफल गर्ने स्रोतले जनाएको छ ।
स्थानीय तहको निर्वाचन मिति सरकारले घोषणा गरेपछि रिसाएको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गर्न सक्ने नेताहरूले बताएका छन् ।
बैठकमा मधेसी मोर्चाले घोषणा गरिसकेको आन्दोलनका कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने विषयमा पनि परामर्श हुने जनाइएको छ । बैठक ११ बजेपछि बस्ने कार्यक्रम छ ।











प्रतिक्रिया