काठमाडौं, १२ फागुन । नयाँ शक्ति नेपाल पार्टीका ९ केन्द्रीय सदस्यले निर्वाचनको मिति फिर्ता लिनुपर्ने भनी संयोजक बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग मिलेर निकालेको विज्ञप्तिमा आपत्ति जनाएका छन् ।
नयाँ शक्ति कुनै क्षेत्रीय वा समुदायको एजेण्डा बोकेर हिड्ने पार्टी भन्दै उनीहरुले विहिबार दिउँसो एक विज्ञप्ति जारी गर्दै पार्टीलाई नै चुनाव विरोधी देखाउने गरी आएको वक्तव्यमा हस्ताक्षर गर्ने एकल निर्णय सच्याउन बाबुरामसँग माग गरेका हुन् ।
उनीहरुले पार्टीको आसन्न केन्द्रीय परिषद् बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी संस्थागत निर्णय गरेरमात्र अघि बढ्न अपिल गर्दै पार्टी नेतृत्वको स्वच्छाचारी निर्णय फिर्ता गराउन पार्टीका सबै नेता कार्यकर्तामा आग्रह समेत गरेका छन् ।
स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गर्दै आज विहान नयाँ शक्ति पार्टीका संयोजक भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेपछि नयाँ शक्तिका केन्द्रीय सदस्यहरु असन्तुष्ट बनेका हुन् ।
यो पनि पढ्नुस्ः












प्रतिक्रिया