५ मंसिर २०८३, शनिबार

स्ववियु निर्वाचनः अनेरास्ववियुका सभापति उम्मेदवारमा महिलाको वर्चश्व, कुन क्याम्पसमा को ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले अधिकांश क्याम्पसमा महिला उम्मेदवारलाई अघि सारेको छ ।

अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यका अनुसार स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त करिब तीन दर्जन क्याम्पसमा महिलालाई अघि सारिएको हो ।

१८ क्याम्पसमा महिला उम्मेदवारको घोषणा गरिसकेको अनेरास्ववियुले समावेशिताको मुद्दालाई ध्यानमा राख्दै देशभरका अन्य कलेजहरुमा पनि यो प्रक्रिया अगाडि बढाइरहेको उपाध्यक्ष आचार्यले बताए ।

उसो त अनेरास्ववियुको केन्द्रीय अध्यक्ष नै महिला भएकाले पनि स्ववियु उम्मेदवारमा महिलालाई बढी प्राथमिकता दिएको बताइन्छ ।

यी हुन अनेरास्ववियुका महिला स्ववियु सभापति उम्मेदवार

अनेरास्ववियुले राजधानीका साथै देशभरका क्याम्पसहरुमा सभापतिमा महिला उम्मेदवारलाई अघि सारेको छ । अहिलेकी अध्यक्ष नविना लामा महिला भएकाले संगठनले महिला उम्मेदवारलाई विशेष प्राथमिकता दिएको विद्यार्थी नेताहरु बताउँछन् ।

‘आगामी दिनमा अनेरास्ववियुको नेतृत्वमा पुग्न महिलाहरुलाई सजिलो होस भन्ने उद्देश्यका सभापतिमा महिलालाई प्राथमिकता दिइएको हो,’ अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले भने- ‘यसले अनेरास्ववियु समावेशी नेतृत्वको पक्षमा छ भन्ने सन्देश पनि विद्यार्थीमाँझ स्थापित भएको छ र योग्य महिलालाई अवसर दिने कुरामा हामी एक कदम अगाडि छौं भन्ने देखाएको छ ।’

स्ववियु सभापतिका लागि टिकट पाउनेहरुः

सरिता पुरी– पृथ्वीनारायण क्याम्पस, पोखरा
संगिता रेग्मी– पद्मकन्या क्याम्पस बागबजार
रिता ढकाल– त्रिभूवन आदर्श क्याम्पस स्याङ्जा
सविना वर्तौला– मायादेवी क्याम्पस चितवन
प्रतिष्ठा कार्की– सिद्धार्थ सामूदायिक बहुमुखी क्याम्पस
मञ्जु श्रेष्ठ– कैलासकुट बहुमुखी क्याम्पस चावहिल
रेखा थापा– दैलेख बहुमुखी क्याम्पस
शान्ति तिमल्सेना– आयुर्वेद क्याम्पस कीर्तिपुर
पुष्पा ढकाल– जनता बहुमुखी क्याम्पस कञ्चनपुर
शारदा हमाल– रामपुर बहुमुखी क्याम्पस कञ्चनपुर
जानकी भट्ट– कञ्चन बहुमुखी क्याम्पस कञ्चनपुर
सुशीला चौधरी– कञ्चनपुर क्याम्पस, कञ्चनपुर
अप्सरा गिरी– जुगल बहुमुखी क्याम्पस सिन्धुपाल्चोक
सुनिता तामाङ– कानपुर क्याम्पस काभ्रे
सरस्वती न्यौपाने– मिर्मी क्याम्पस
नविना राई– कन्काई क्याम्पस झापा

अन्य महिला उम्मेदवारको टुंगो लगाउने काम भइरहेको अनेरास्ववियुले जनाएको छ ।