५ मंसिर २०८३, शनिबार

आरआर क्याम्पसमा नारावाजी, नेविसंघ–अखिल समर्थकबीच भनाभन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा नेपाल विद्यार्थी संघ र एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका कार्यकर्ताले एकअर्काविरुद्ध नारावाजी गरेका छन् ।

विद्यार्थी नेतालाई धकलेको विषयमा बिहीबार बिहान दुई विद्यार्थीे संगठनले एकअर्काविरुद्ध नारावाजी गरेका हुन् । दुबै संगठनका विद्यार्थीले क्याम्पसको गेट अगाडि उग्रनारावाजी गर्न थालेपछि प्रहरीले सो स्थानलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

स्वतन्त्र विद्यार्थी युनियनको मतदानको मिति आउन एकसाता बाँकी रहेका बेला विद्यार्थी संगठनहरूबीच आरआर क्याम्पसमा तनाव भएको हो ।

दुबै संगठनका विद्यार्थी नेताहरूबीच केही समय भनाभन भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आरआर क्याम्पसमा एमाले निकट अखिलको बर्चस्व रहेको भन्दै नेविसंघ, अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनहरूले रणनीति बनाएर चुनावी मैदानमा जाँदैछन् ।