५ मंसिर २०८३, शनिबार

अबरोधका बीच संसद चलाउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । प्रमुख विपक्षी दल नेकपा (एमाले) र मधेसी मोर्चाका अलग अलग धम्कीका कारण सूचना टाँस गरी रोकिदै आएको संसदको आजको बैठक चलाउने तयारी भएको छ ।

दुई पटकसम्म सूचना टाँस गरेर स्थगित भएको संसदको कार्यसूचीलाई लिएर एमाले र मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि संसद बैठक प्रभावित हुँदै आएको छ ।

प्रमुख विपक्षी दल एमालेले संविधान संशोधन विधेयकलाई सदनमा छलफल गर्न दिन लचक बनेको छ । तर, उसले विधेयक फेल वा पास जे नतिजा आउँछ त्यसलाई मधेसी मोर्चाले मान्नुपर्ने एवम् चुनावमा जाने प्रतिवद्धता आउनुपर्ने प्रस्ताव राखेको छ ।

एमालेको यो प्रस्तावलाई मधेसी मोर्चाले ठाडै अस्वीकार गर्दै आएको छ । मधेसी मोर्चाले संशोधन विधेयक परिमार्जनसहित पारित गर्नुपर्ने अडानमा छ ।

स्रोतका अनुसार आजको संसद बैठक प्रक्रियाअनुसार अगाडि बढाउने तयारीमा सभामुखको छ । प्रमुख दलहरूले सहमति गर्ने जनाए पनि ठोस सहमति हुन नसक्दा सदनमा गतिरोध कायम भएको हो ।