३ कार्तिक २०८३, मंगलबार

शिवरात्रीको अवसरमा चन्द्रागिरिमा कन्सर्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा शिवरात्रीको अवसरमा यहीं फाल्गुण १३ गते शुक्रबार निः शूल्क कन्सर्ट हुने भएको छ ।

भरत सिटौला, अविनाश घिसिंग र राजेन्द्र गिरीको बेजोड प्रस्तुती रहेको उक्त कन्सर्ट शुक्रबा १२ बजेबाट शुरु हुने छ ।

श्री स्वस्थानी ब्रत कथामा सतिदेवीको निधार पतन भएर ऊत्पन्न भएको भालेश्वर महादेवको मन्दिर अवस्थित चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार सहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ ।

यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण, वालबालिकाको लागि बिभिन्न निःशुल्क खेलको व्यवस्था चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा उपलब्ध छन् ।

चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने छ ।