४ मंसिर २०८३, शुक्रबार

संसदको बैठक दोस्रोपटक सूचना टाँस गरी स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रमुख विपक्षी दल एमालेसहितका ९ दलहरूको आग्रहमा संसद बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित भएको छ ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट संविधान संशोधनको विधेयक र प्रक्रिया तथा सो विषयमा सत्तापक्षको धारणामा छलफल आवश्यक रहेको भन्दै स्थगित गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

एमालेसहितका विपक्षी दलहरूले सो प्रस्ताव गरेपछि कार्यव्यवस्था परामर्श समितिले सहमति खोज्ने भन्दै बिहीबार अपरान्ह ३ बजेसम्मका लागि सदन बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित गरेको हो ।

यसअघि मंगलबार पनि संसदको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । मधेसी मोर्चाले संविधान संशोधन विधेयक कार्यसूचीमा राखेर पारित गराउन माग गर्दै आएको छ ।