
काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनलाई असर पर्नेगरी संसद अवरुद्ध नगर्ने निर्णय गरेको छ ।
बुधबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे ठोस निर्णय भने गरेन् ।
‘संशोधन विधेयक कुन रुपमा आउँछ, हामी संसदमा त्यसैगरी अनुसार प्रस्तुत हुन्छौं,’ बैठकपछि एमाले उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले भन्नुभयो- ‘विधेयकको पक्षमा जाने कुरै हुँदैन् ।’
संशोधन प्रस्तावलाई प्रक्रियामा जान दिने वा नदिने विषयमा केही बेरमा बस्ने विपक्षी नौ दलीय गठबन्धनको बैठकपछि मात्रै टुंगो लाग्नेछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिती, मेची महाकाली अभियान कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।











प्रतिक्रिया