४ मंसिर २०८३, शुक्रबार

एमाले नेता कोइरालाको निधन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । एमालेका नेता तथा आर्थिक विभागका सदस्य बद्री कोइरालाको ब्रेन ट्यूमरका कारण निधन भएको छ ।

नेकपा (एमाले) बाँके जिल्लाका पूर्वसचिव भइसकेका कोइरालाको उपचारका क्रममा निधन भएको हो । कोइरालालाई ब्रेन ट्यूमरको समस्या भएपछि उपचार हुँदै आएको थियो । कोइरालाको निधन मंगलबार काठमाडौंमा भएको एमालेका नेता टंक कार्कीले जानकारी दिए ।

अनेरास्ववियु (एकताको पाँचौं) का उपाध्यक्ष समेत रहेका कोइरालाले एमालेको उद्योग विभागको सदस्यको जिम्मेवारी समेत लिइसकेका थिए ।

एमालेका नेताहरूले कोइरालाको निधनबाट पार्टीलाई ठूलो क्षति भएको भन्दै शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।