४ मंसिर २०८३, शुक्रबार

संयुक्त मधेशी विद्यार्थीले स्ववियु चुनाव हुन नदिने, क्याम्पसहरुमा ताला लगाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १० फागुन । संयुक्त मधेशी विद्यार्थी मोर्चाले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन हुने सबै क्याम्पसमा तालाबन्दी गर्ने निर्णय गरेको छ ।

उपेक्षित र उत्पीडनमा परेका समुदायको हक र अधिकार सुुनिश्चितता गर्नुको साटो सरकारले एक्कासी निर्वाचनको मिति तोक्दा मधेसी विद्यार्थी मोर्चा पनि आक्रोसित बनेका हुन् । मोर्चाले मधेसी मोर्चाको घोषित आन्दोलनले राज्यको समग्र परिस्थिति विग्रेका कारण यथास्थितिमा स्ववियू निर्वाचनलगायत कुनै निर्वाचन सम्भव नदेखिएको विज्ञप्ती मार्फत जनाएको छ ।

विद्यार्थी मोर्चाले आज स्ववियू निर्वाचनको सम्पूर्ण कार्यतालिका स्थगत गर्न जोडदार माग गरेका छन् । निर्वाचन स्थगित नगरे फाल्गुन ११ गते स्ववियू निर्वाचन हुने सबै क्याम्पस प्रमुख र निर्वाचन आयोगको कार्यालयमा अनिश्चित कालिन तालबन्दी गर्ने मोर्चाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।