काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्ष दल एमालेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको स्थायी समितिको अनौपचारिक बैठकले संविधान संशोधन विधेयक अघि नबढाउन र स्थानीय तहको संख्या नबढाउन सरकारको पुनः ध्यानाकर्षण गराएको एक नेताले बताए ।
सरकारले स्थानीय तहको चुनाव वैशाख ३१ गते एकै चरणमा गराउने निर्णय सोमबार गरेको थियो ।
एमालेले निर्वाचनको मिति घोषणा गर्ने निर्णयको स्वागत गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले निर्वाचन सुनिश्चित हुने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेको छ । निर्वाचनका लागि आवश्यक ऐन कानुन बनाउन र निर्वाचनलाई प्रभावित हुने गरी नियुक्ति तथा सरुवा बढुवा नगर्न एमालेको आग्रह छ ।











प्रतिक्रिया