४ मंसिर २०८३, शुक्रबार

लामो समयपछि संसदको बैठक बस्दै, संभावित कार्यसूचीमा संशोधन विधेयक परेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । प्रमुख दलहरूका बीच संविधान संशोधन विधेयकलाई लिएर तिक्तता बढिरहेका बेला झण्डै १५ दिन लामो स्थगनपछि संसदको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने संसद बैठकमा संविधान संशोधनको विधेयक छलफलका लागि सम्भावित कार्यसूचीमा राखिएको छैन । स्रोतका अनुसार सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग परामर्श गरेर विधेयकलाई के गर्ने भन्ने रणनीति बनाउने जनाइएको छ ।

मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दैछ । सोही बैठकले संसदको अन्तिम कार्यसूची बनाउनेछ ।

प्रमुख विपक्षी दल एमालेसहितका नौ दलहरूले संविधान संशोधन विधेयक छलफलका लागि टेबुल भएमा त्यसको विरोध गर्ने यसअघि जनाइ सकेका छन् ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको विधेयकलाई आजको बैठकमा छलफलका लागि अगाडि सार्ने र मधेसी मोर्चाका माग सम्बोधन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार संशोधन विधेयक छलफलमा आउन सक्ने स्रोतको भनाइ पनि छ ।