३ कार्तिक २०८३, मंगलबार

खोलेसिमलमा मनि ट्रान्सफर, पत्रिका र टिभीको शाखा कार्यालय शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर ९ फागुन । पूर्वी चितवनको कालिका नगरपालिका ७, खोलेसिमल बजारमा आजबाट मनि ट्रान्सफरको सेवा र पारदर्शी दैनिक तथा आभास टेलिभिजनको शाखा कार्यालय संचालन गरिएको छ ।

सो कार्यालय स्थापना पश्चात् स्थानीयवासीलाई देश तथा विदेशबाट आएको रकम सर्वसुलभ रुपमा प्राप्त गर्न तथा देशभर रकम पठाउन सहज हुने भएको छ । खोलेसिमल मनि ट्रान्सफरको नामबाट संचालित सो कार्यालय मार्फत् नारायणगढबाट प्रकाशित चितवनको सबैभन्दा पूरानो पत्रिका पारदर्शी दैनिक र चितवनको लोकप्रिय स्थानीय आभास टेलिभिजनको शाखा कार्यालयको रुपमा स्थानीयलाई सेवा प्रदान गरिने सो कार्यालयका संचालक शिशिर सिंखडाले जानकारी दिए ।

सो कार्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, सौराहा–काठमाडौंं–पोखराको पर्यटकीय बस टिकट समेत उपलब्ध गराईने उनले जानकारी दिए ।

सो कार्यालय संचालनमा आएपछि कालिका नगरपालिका अन्तर्गत जुटपानी, शक्तिखोर, पदमपुर त्यस्तै रत्ननगर नगरपालिकाका माधवपुर, पिठुवा, हात्तीगाडे, कुनाघारी तथा दाहाखानी गा.वि.स. का गर्दास, सिमलढाप, उपर्दाङगढी तथा सिद्धि गा.वि.स. का स्थानीयवासीहरुले सेवा लिने संचालक शिशिर सिंखडाले जानकारी दिए ।