सिराहा, ९ फागुन । स्ववियु निर्वाचनका लागि युवा संघ नेपालले तराईमा हस्ता परिचालन गरेको छ । र, कसैले विथोल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ ।
सोमबार सिरहामा आयोजित विद्यार्थी भेलालाई सम्बोधन गर्दै युवा संघ उपाध्यक्ष रमेश पौडेलले स्ववियु निर्वाचन बिथोल्न केही गैर बिद्यार्थी प्रयोग गर्ने प्रयत्न भइरहेको सूचना आएको भन्दै युवा संघले सुरक्षा दिने र ढुक्क भएर अभियानमा सामेल हुन आग्रह गरे ।
सिराहास्थित राम प्रताप बहुमुखी क्याम्पस, जेरास मुरर्का बहुमुखी क्याम्पस, स स बहुमुखी क्याम्पसका अगुवा युवा बिद्यार्थीको संयुक्त भेलामा उपाध्यक्ष पौडेलले मेची काली अभियान पछि मधेसवादी भनाउदा दलका कार्यकर्ता खोज्न दिउसै लाईट बाल्नुपर्ने अवस्था आउने बताए ।
सिराहाका क्याम्पसमा मधेसवादी दलले विद्यार्थी उमेद्वार नपाएकोतर्फ व्यग्ंय गर्दै अब मधेसबादी नेताहरुले मधेस हाम्रो बिर्ता हो भन्नु हुटटि ट्याउले आकाश थामे झै हो भने ।
कार्यक्रम मा युवा संघ सचिव माधव बास्तोलाले एमाले अकबरी सुन भएकाले कसी लगाउननपर्ने बताए । उनले खहरे भेलको म्याद लामो नहुने बताउदै असली राष्ट्रबादी शक्तिको विजय स्वबियु निर्वाचन, स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा हुने ठोकुवा गरे ।











प्रतिक्रिया