३ कार्तिक २०८३, मंगलबार

सिप्रदी अर्थमुभर्स प्रालिको कन्ट्रयाक्टर भेटघाट तथा अन्तक्रिया कार्यक्रम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । टाटा हिटाचीको नेपालको लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले कन्ट्रयाक्टर भेटघाट तथा अन्तक्रिया कार्यक्रम होटल हिमालयमा आयोजना गर्यो । कार्यक्रममा टाटा हिटाचीका डिलर प्रतिनिधीहरु तथा निर्माण क्षेत्रमा काम गर्ने ब्यक्तित्व हरुको साथै टाटा हिटाची इण्डिया तथा सिप्रदी अर्थमुभर्सका कार्यकारी प्रतिनिधीहरुको उपस्थिति थियो ।

टाटा हिटाची भारतमा निर्माण सम्वन्धि ईक्वीपमेन्ट बनाउने अग्रणी कम्पनी हो । यसले ग्राहकहरुको कार्यगत सम्पादनलाई बढाउनेको साथै निर्माण क्षेत्रमा भएको प्रतिस्पर्धात्मक बजारमा राम्रो उपायबाट मुनाफा बढाउन सहयोग गर्दै आईरहेको छ ।

कार्यक्रमको उदघाटन गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले हिटाचीका उत्पादनहरु नेपाली बजारमा विक्री वितरण सहयोग पुर्याई यसको बजार बढाउन मद्घत गर्ने कार्यमा सहयोग गर्ने सम्पूर्ण डिलर प्रतिनिधिहरु तथा निर्माण क्षेत्रमा संलग्न ब्यवसायीहरुलाई धन्यवाद दिनुको साथै कार्यक्रममा सवै संग सहभागी हुनु पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै टाटा हिटाची ईण्डियाको निर्देशक शिन नाकाजीमाले सिप्रदी अर्थमुभर्स संग आफ्नो ब्यावसायीक मित्रतालाई कायम गरि राख्न पाएकोमा खुशी ब्यक्त यर्नु भयो । टाटा हिटाचीको अत्याधुनीक प्रविधी युक्त एक्जाभेटर, क्रेन आदी इक्वीपमेन्टहरुले बिस्तारै नेपाली बजारमा आफ्नो हिस्सा ओगट्दै गएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थिति सवै ब्यवसायी प्रतिनिधिहरुलाई उहाँहरुले गर्नु भएको सहयोगमा धन्यवाद प्रकट गर्नुभयो ।

‘ग्राहकहरुको पूर्ण सन्तुष्टी र सेवालाई विशेष ध्यान रख्दै उहाँहरुको माग र चाहनाहरुलाई पुरा गर्ने कुरामा टाटा हिटाची प्रतिवद्घ छ । विश्व स्तरीय ईक्वीपमेन्टलाई आफ्नो ब्यावसायमा लगाई यसको सन्तुष्टी र अनुभवलाई आत्मसात गर्न ग्राहकहरुलाई दिनु पर्ने सेवाको लागी टाटा हिटाची प्रतिवद्घ छ,’ उहाँले भन्नुभयो ।

सिप्रदी अर्थमुभर्स प्रा. ली. सन २००९ मा स्थापना भएको हो र टाटा हिटाचीको ईक्वीपमेन्टहरु नेपालमा विक्री वितरण गर्ने एक मात्र आधिकारिक सस्ंथा हो ।