काठमाडौं, ९ फागुन । चार दिनदेखि काठमाडौंमा चलिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नेपाली रुपैयाँमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीर राख्नुपर्ने प्रस्ताव पेश गरिएको छ ।
महाधिवेशनको बन्दसत्रमा शनिबार पार्टीका केन्द्रीय सदस्य एवं अधिवक्ता हिक्मतसिंह भण्डारीले यस्तो प्रस्ताव पेश गरेका हुन् । अहिले केन्द्रीय सदस्यका उम्मेदवार समेत रहेका भण्डारीले पेश गरेको प्रस्तावमा सबैले समर्थन समेत जनाएका छन् ।
‘भारतले महात्मा गान्धीको सम्मानमा भारतीय रुपैयाँमा महात्मा गान्धीको तस्बीर राखेको छ’ नेता भण्डारीले भने- ‘हामीले पनि नेपाली रुपैयाँमा देशलाई एकीकरण गर्ने एकताका प्रतिक पृथ्वीनारायण शाहको तस्बीर राख्नुपर्छ ।’
बन्दसत्रमा पेश भएको प्रस्तावलाई सबैले समर्थन जनाएकाले अब बन्ने नयाँ केन्द्रीय कार्यसमितिले एजेण्डाको रुपमा लैजाने भण्डारीले बनाए । पार्टीले अब यो एजेण्डालाई संसदमा राखेर कार्यान्वयनका लागि पहल गर्ने उनले बताए ।
कानुन व्यवसायी समेत रहेका नेता भण्डारी कञ्चनपुरबाट प्रतिनिधित्व गर्छन् ।












प्रतिक्रिया