४ मंसिर २०८३, शुक्रबार

मधेसी मोर्चाको बैठक बिजुलीबजारमा जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । सरकारले निर्वाचनको मिति घोषणा गरेमा के गर्ने भन्ने विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिररहेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा जारी बैठकमा सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।

‘छलफल चलिरहेको छ’, उनले भने, ‘सबै विषयमा समिक्षा भइरहेको छ । केही समयपछि ठोस निर्णय आउँछ ।’

सरकारले आज बेलुकासम्म निर्वाचनको मिति घोषणा गर्ने तयारी थालेपछि आन्दोलनको तयारी स्वरुप मधेसी मोर्चाले गृहकार्य थालेको हो ।