४ मंसिर २०८३, शुक्रबार

देउवाले यसरी धक्का दिए एमालेलाई !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकले शनिबार खाडीचौरमा आयोजना गरेको आमसभामा नेकपा (एमाले)सहितका दलबाट पाँच सयभन्दा बढी नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका हुन् ।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतका अनुसार कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बाट आएका ५ सय भन्दाबढी कार्यकर्तालाई सभापति देउवाले टीका र खादा लगाएर नेपाली काँग्रेसमा स्वागत गरेका थिए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, काँग्रेस केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्की, बहादुरसिंह लामा, सरिता प्रसाईं, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, जिल्ला सभापति विकास लामा लगायतले नवप्रवेशीलाई बधाई दिँदै आगामी निर्वाचनको तयारीमा लाग्न आह्वान गरेका थिए ।

एमालेमाथि देउवाको हमला !

कार्यक्रममा विपक्षी दलहरुप्रति आक्रोश पोखेका सभापति देउवाले प्रमुख प्रतिपक्षी एमालेमाथि हमला नै गरे । उनले एमालेतर्फ संकेत गर्दै केही विपक्षी दलहरुले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको आरोप लगाए । र, अब नेपाली काँग्रेस त्यस्तो क्रियाकलापका विरुद्धमा उत्रने चेतावनी दिए ।