३ कार्तिक २०८३, मंगलबार

टेलिकम र दुरसञ्चारमा जागिर खुल्यो, उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपाल टेलिकम र दुरसञ्चारमा एकै पटक जागिर खुलेको छ । नेपाल टेलिकममा १ सय ५५ जना कर्मचारी माग गरेको छ । टेलिकमले आज एक विज्ञापन प्रकाशित गर्दै विभिन्न पदमा माग गरेको हो ।

जसमा विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियर मागेको छ ।

टेलिकमलेले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ भने महिला २४, आदिवासी–जनजातीमा २०, मधेसी १३, दलित ५ र अपाङ्ग २, पिछडिएको वर्गमा २ कोटामा जारी खुलेको हो । आइतबारबाट ३० दिनभित्र आवदेन दिन सकिने छ ।

त्यस्तै, दूरसञ्चार प्राधिकरणले पनि २७ जनाका लागि दरखास्त आह्वान गरेको छ । उपनिर्देशकदेखि सहायक पदसम्मका लागि प्राधिकरणले दरखास्त मागेको हो ।

हेर्नुहोस् सूचना :