४ मंसिर २०८३, शुक्रबार

राप्रपा अध्यक्षमा राणाको पनि उम्मेद्वारी, थापा र लोहनीसँग भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । राप्रपाको एकता महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रिय अध्यक्ष प्रदिप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मद्वारी घोषणा गरेका हुन् ।

राणाले भने, ‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म माँगे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसकयो, तपाईले पाउनुहुन्न भनेर थर्काउन थाले, के मैले निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुँ ?, अब म न्यायको ढोकामा जान्छु, मैले कसैको दवाब र कसैको भनसुनमा उम्मेद्वारी दिईरहेको छैन्, आफ्नो अधिकारलाई प्रयोग गर्न खोज्दैछु ।’

उनले अघि थपे, ‘मलाई हिजोको बन्दसत्रमा बोल्ने समय दिईएन, म बोल्छु भनेर प्रतिप्रश्न गर्दा कमल थापाले यसलाई घाक्रेठ्याक लगाएर बाहिर निकाल भनेर आदेश दिनुभयो, त्यसपछि उहाँका गुण्डाहरूले मलाई लतार्दै बाहिर निकाले, के यहि हो उदारवाद ? कि ४ जना नेताको मात्र पार्टी हो राप्रपा ? यसरी आत्मसम्मान माथि आँच र चोट पुग्ने खालको आदेश दिने कमल थापाको के म गुलाम हो ? यसरी मण्डले प्रवृत्तले पार्टी चल्दैन र लाखौ कार्यकर्ताको भविष्य अन्धकार बन्छ ।’

आफूलाई दम्की आईरहेको र आफ्नो जीवन सुरक्षा गरिदिन प्रहरी प्रशासनलाई आग्रह गर्दै भने, ‘मलाई धम्क्याउने र थर्काउने काम भैरहेको छ, मेरो जीवनको सुरुक्षा प्रशासनले गर्नुपर्छ, म अध्यक्षको लागि मैदानमा छु, चार हजार प्रतिनिधिको आवाजको आधारमा मैले अध्यक्षको पदको लागि उम्मेद्वार घोषणा गरेको हुँ, हामी युवाले नेपालको राजनीतिको नेतृत्वमा भाग लिन नपाउने हो, यदि हो भने कमल थापाले यसको जवाफ दिनुपर्छ ।’

राणा अब अहिलेका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीसँग भिड्नेछन् ।