४ मंसिर २०८३, शुक्रबार

आईजीपी नियुक्ति प्रकरणः सर्वोच्चले आज टुङ्गो लगाउन सकेन, अर्काे सुनुवाई मंगलबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणमा सर्वाेच्च अदालतको सुनवाई मंगलबारसम्मलाई सरेको छ ।

जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध परेका दुई रिटमा सर्वोच्चले आज सुनुवाई तोकेको थियो । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेश तोकिएको थियो ।

तर, प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन नसकेको हो । आजै म्याद तामेली हुने र मंगलबार बहस हुने बताइएको छ ।