काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन दिनदेखि काठमाडौंमा जारी प्रथम एकता महाधिवेशनले आज नयाँ नेतृत्वको लागि निर्वाचन कार्यक्रम गर्दै छ ।
राप्रपाको निर्वाचन समितिले दश बजेदेखि निर्वाचन कार्यक्रम शुरु गर्नेछ । उम्मेदवार हुन चाहनेले बिहान दश बजेदेखि उम्मेदवारी दिन सक्ने छन् ।
उता, अध्यक्षका लागि कमल थापा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी दिँदैछन् । पार्टीको चुनाव चिन्हलाई लिएर राप्रपामा नेताहरूबीच असन्तुष्टि बढेको छ ।
थापाले पूर्वसहमति विपरित चुनाव चिन्ह हलोको साटो गाईलाई यथाव राखेको भन्दै लोहनी समूहले विरोध गरिरहेको छ ।











प्रतिक्रिया