४ मंसिर २०८३, शुक्रबार

एमाले उपाध्यक्ष ज्ञवालीको प्रश्न- प्रचण्डजी सफल प्रधानमन्त्री बन्ने की असफल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, ७ फागुन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सफल वा असफल प्रधानमन्त्री हुने कुरा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको बताउनु भएको छ । निर्धारित समयभित्रै निवार्चन गराएर सफल प्रधानमन्त्री बन्नेकी निर्वाचन नगराएर असफल प्रधानमन्त्री बन्ने प्रचण्डको हातमा रहेको दावी गर्नुभयो ।

आज नेकपा एमाले सल्यानको ८ औं जिल्ला अधिवेशनको सल्यान खलंगामा उद्घाटन गर्दै उपाध्यक्ष ज्ञवालीले निर्वाचन गराउनकै लागि भनेर गठन भएको सरकारले निर्वाचनको रटान मात्रै गरेको तर निर्वाचनको तयारीमा नजुटेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – ‘प्रचण्ड जी तीनै तहका निर्वाचन गराउछु भनेर सरकारमा आउनु भएको हो तर सरकार गठन भएको लामो समय बितिसक्दा समेत निर्वाचनको एक सिन्को समेत भाँच्नु भएको छ्रैन यदि तपाईले निर्वाचन गराउन सक्नु भएन भने नेपाली जनताले तपाई असफल प्रधानमन्त्रीको रुपमा चिन्ने छन् ।’

प्रचण्डले निर्वाचन गराउन नसकेपछि शेरबहादुर देउवा प्रधानमन्त्रत्री बन्ने र देउवा पनि असफल प्रधानमन्त्री नै हुने उहाँको दावी रहेको छ । देउवा प्रधानमन्त्री भएर निर्वाचन गराउन नसके शाहीकालमा तत्कालिन राजा ज्ञानेन्द्रले असक्षम प्रधानमन्त्री भनेर गलहत्याए जस्तै फेरि पनि उक्त घटना दोहोरिन सक्ने बताउनुभयो ।

अहिलेको समय संविधान कार्यान्वयनको भएको बताउदै ज्ञवालीले संशोधनको विषय उठाउनु न्यायोचित नहुने बताउनुभयो । संसदमा दर्ता भएको संविधान शंशोधन कुनै पनि हालतमा पास हुन नसक्ने दावी गर्दै नेता ज्ञवालीले संशोधनलाई थाँती राखेर निर्वाचनतर्फ लाग्नुपर्ने बताउनुभयो ।