३ कार्तिक २०८३, मंगलबार

नेपाली हजारका नोटमा यस्तो पनि त्रुटि, जनता भए चकित !

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ४ फागुन । महोत्तरीको गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन् ।

गौशालास्थित सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो । राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मङ्गलबार एक सेवाग्राहीले बैकबाट पैसा निकाल्दा फेला परेको हो । ङ १६ ५९२९०६ नम्बरका तीे नोट फेला परेपछि यहाँका जनता चकित भएका छन् ।

फेला परेका ती नोटमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रासस