१ कार्तिक २०८३, शनिबार

नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई उद्योगमन्त्रीको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै राजनीतिक दलहरुको ध्यान अहिले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको बताउनु भएको छ ।

सरकारले यही फागुन १९ र २० गते काठमाडौंमा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनको तयारीका वारेमा वुधवार उद्योग मन्त्रालयमा आयोजित नेपालस्थित विदेशी कुटनैतिक नियोगका प्रतिनिर्धिहरु सँगको अन्तरक्रियामा मन्त्री जोशीले नेपालमा अवको समय औद्योगिक क्रान्तिको समय भएकोले पूर्वाधार विकासका साथ साथै उत्पादन मूलक उद्योगमा लगानी गरी फाईदा लिन स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उद्योग मन्त्रालयले औद्योगिक वातावरण निर्माणका लागि आवश्यक कानूनहरुको समसामयिक सुधार तर्फ लागेको भन्दै मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तातरण सम्वन्धी कानून मन्त्रालयबाट निर्माण भै सरोकारवाला मन्त्रालयहरु बीच अन्तिम छलफलमा रहेको र आगामी लगानी सम्मेलन अगावै मन्त्रिपरिष्बाट स्वीकृत गरेर संसदमामा टेवुल गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

प्रस्तावित कानूनले नेपाली लगानीकर्ता सरह विदेशी लगानी कर्तालाई पनि छुट सुविधाहरुको व्यवस्था गरेको भन्दै मन्त्री जोशीले विदेशी लगानीको प्रवेश तथा बहिर्गमनलाई सरलिकृत बनाईएको बताउनु भयो ।

औद्योगिक प्रवद्र्धन वोर्डको बैठक नियमित प्रत्येक महिना बस्ने गरि अगाडी बढाउन लागिएको भन्दै मन्त्री जोशीले नेपालको लगानी सम्मेलनका वारेमा अन्तराष्ट्रिय स्तरबाट चासो व्यक्त भै रहेको बताउनु भयो ।

छलफल विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको पछिल्लो अवस्थाका वारेमा चासो व्यक्त गरेका थिए ।

लगानी आकर्षित गर्न औद्योगिक वातावरण जरुरी रहेको भन्दै उहाँहरुले औद्योगिक वातावरण वन्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वौद्धिक सम्पत्ति सम्वन्धी ऐन र श्रम ऐनमा समसामयिक सुधार आवश्यक रहेको बताउनु भयो ।

यसरी धारण राख्नेहरुमा नेपाल स्थित फ्रान्स, अमेरिका, वेलायत, जापान र जर्मनीका कुटनैतिक नियोगका प्रतिनिधिहरु हुुनु हुन्थ्यो ।

अन्तरक्रिया कार्यक्रममा सम्मेलन तयारी समितिका सदस्य एवं लगानी वोर्डका बरिष्ठ व्यवस्थापक रतिस बस्नेतले अहिले सम्म विभिन्न मुलुकका ४० जनाले सम्मेलनमा सहभागिताका लागि प्रतिवद्धता जनाईसकेको जानकारी दिनुभयो ।