
काठमाडौं ३ फागुन । सचेत नागरिक समूहले संसदमा पारित भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक ‘पाँचौ संशोधन’ खारेजीको माग गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समूहले जीवजन्तुको स्वतन्त्रसँग बाँच्न पाउने अधिकारको खिलाफमा रहेको भन्दै उक्त संशोधन खारेजीको माग गरेका गरेको हो ।
पाँचौ संशोधनको प्रतिवेदन–२०७३ को बुँदा ७, ८ अन्तर्गत दफा ९ को उपदफा २ जीवजन्तुको स्वतन्त्र बाँच्न पाउने पशुकल्याण अधिकार विपरित भएको बताएका छन् ।
समूहका अभियानकर्ता आमोद दाहालले संसदबाट पारित भएको वन्यजुन्तु सम्बन्धि ‘पाँचौ संशोधन’ प्राकृतिक रुपमा स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारलाई कुण्ठित गर्ने खालको भएको भन्दै उक्त ऐन तत्काल खारेजिको माग गरे ।
उनले भने– ‘२५ प्रजातिका रैथाने घरपालुवा जनावरको संरक्षण लालन–पालन राम्रोसँग गर्न नसकेको स्थितिमा वन्यजन्तुलाई कसरी संरक्षण गर्न सकिन्छ?, अर्कोतर्फ स्वास्थ्यका दृष्टिकोणले पनि यो ऐन उचित छैन्, खारेज हुनैपर्छ, यदि खारेज नभए हामी सर्बोच्च अदालतको ढोकासम्म जान्छौँ ।’
कार्यक्रममा वातावरण संरक्षणकर्मी निरज गौतम, सृष्टिसिँह श्रेष्ठ, संगीता सापकोटा लगायतले जीवजन्तुको स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारसँगै राष्ट्रिय निकुञ्ज वरिपरि कलकारखाना, होटल, रेष्टुरेण्ट र यातायत जस्ता कुराहरू खोल्न पाईने संविधानले हाल दिएको कानुन वन्यजन्तुको खिलापमा रहेकोमा सबैलाई यसका बिरुद्धमा आवाज उठाउन आग्रह गरे ।











प्रतिक्रिया