काठमाडौ, ३ फागुन । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि १ सय १ क्याम्पसहरुको अध्यक्षका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । क्रान्तिकारीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नामावली सार्वजनिक गरेको हो ।
क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा तिलकप्रसाद उपाध्याय, त्रि–चन्द्र क्याम्पस घण्टाघरमा केशव रावल, महेन्द्ररत्न क्याम्पस ताहाचलमा दिपेन्द्र कार्की, पाटन संयुक्त क्याम्पस ललितपुरमा एमानसिंह राना, नेपाल कमर्श क्याम्पस मिनभवनमा राजेश मैनाली लगायतका नाम सार्वजनिक गरेका हुन् ।
सार्वजनिक नामावलीअनुसार पृथ्वीनारायण क्याम्पस कास्कीमा प्रविना अधिकारी, सानोठिमी शिक्षा क्याम्पस भक्तपुरमा रमेश खड्का, पव्लिक युथ क्याम्पस धोविचौरमा बाबुराम नेपाली, सरस्वती क्याम्पस लैनचौरमा सन्तोष रानाभाट, पशुपति क्याम्पस चाबहिल मदन संयोक लिम्बू, कोटेश्वर क्याम्पस काठमाडौंमा नवराज कार्की, पद्मकन्या क्याम्पस बागबजारमा दन्ता नेपाली (दर्शना), शंकरदेव क्याम्पस पुतलीसडकमा कपिल सिजापति लगायत छन् ।
स्ववियु निर्वाचन फागुन १४ गते हुँदैछ । तर, केही विद्यार्थी संगठनहरुले निर्वाचन मिति उपयुक्त समयमा नभएको भन्दै स्ववियु कार्यालयहरुमा तालाबन्दी गर्न थालेका छन् ।












प्रतिक्रिया